• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

नेप्सेमा गिरावट, अधिकांश उपसूचक राताम्य

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०३:१४

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक सोमबार २६.०५ अंकले घटेर २६७२.३९ बिन्दुमा झरेको छ। आज ३२४ कम्पनीका २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा कुल १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका उपसूचकमध्ये १२ वटा समूह राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.७७ प्रतिशत, विकास बैंक १.३७ प्रतिशत, फाइनान्स २.२९ प्रतिशत र होटल तथा पर्यटन समूह १.३८ प्रतिशतले घटेको छ।

Kamana Sewa

आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया