• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ११:४९

मंसिर २४, २०८२ काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी १० लाख शेयरमा २१ लाख ८ हजार ८२० कित्ताका लागि आवेदन परेकोमा ६२ हजार ९४७ जनाले शेयर पाएका छन्।

Kamana Sewa

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण शेयर, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको हो।

Classic Tech Desktop

सोलु हाइड्रोपावरले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमा १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरिएको थियो।

प्रतिकृया