• २१ भदौ २०८३, आइतबार
  • १२ः१० राती

सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणमा पुनःस्थापित

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार ११:३१

मंसिर २४, २०८२ काठमाडौं— सर्वोच्च अदालतको परमादेशअनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार आफ्नो पदमा पुनः कार्यभारसमालेका छन्।। शाक्य बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर कार्यभार ग्रहण गरेका हुन्।

National Life

गत असोज ५ गते मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर जल तथा ऊर्जा आयोगमा ऊर्जा विशेषज्ञको रूपमा सरुवा गरेको थियो। यस प्रस्ताव ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्‍मा पेश गरेका थिए।

तर सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै शाक्यलाई पुनः प्राधिकरणकै कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्न आदेश दिएको थियो।

Classic Tech Desktop

सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङको प्रस्ताव पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको ठहर गर्दै यसरी गरिएको निर्णय कानुनी प्रक्रिया विपरित रहेको निष्कर्षमा पुगेको छ।

प्रतिकृया