• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

कक्षा १२ पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुने

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०३:३३

कात्तिक २३, २०८२ काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज दिउँसो प्रकाशित गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

‘यदि कुनै प्राविधिक समस्या नआएमा आजै नतिजा सार्वजनिक हुनेछ,’ बोर्ड स्रोतले जनाएको छ।

Kamana Sewa

कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सञ्चालन गरिएको थियो। यसअघि, बोर्डले गत ११ साउनमा नियमित परीक्षाको नतिजा प्रकाशित गरेको थियो, जसमा ६१.१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

Classic Tech Desktop

बोर्डका अनुसार पूरक परीक्षामा ती विद्यार्थी सहभागी थिए जसले नियमित परीक्षामा एक वा दुई विषयमा असफल भएका थिए। नतिजा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np वा सम्बन्धित विद्यालयमार्फत हेर्न सकिनेछ।

प्रतिकृया