• २० असोज २०८३, मंगलबार
  • ९ः५६ बिहान

करिब डेढ महिनादेखि आन्दोलनरत धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन स्थगित

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०३:४०

काठमाडौँ — करिब डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। उनीहरू आइतबारदेखि नियमित काममा फर्किएका छन्। आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेपछि आन्दोलन स्थगित भएको हो।

National Life

सहमति अनुसार, कर्मचारीहरूको सेवा–सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव दिने एक अध्ययन समिति गठन गरिएको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारी प्रतिनिधिबीच भएको वार्तापछि सहमति जुटेको हो।

धितोपत्र बोर्डका स्रोतका अनुसार, बोर्डका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना धितोपत्र बोर्डका कर्मचारी सदस्य रहेका छन्। समितिलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि, सेवा–सुविधा कटौतीको विरोधमा बोर्डका कर्मचारीहरू आन्दोलित हुँदै काम ठप्प पारेका थिए। आन्दोलनका कारण धितोपत्र बजारसम्बन्धी प्रशासनिक काममा समेत प्रभाव परेको थियो।

प्रतिकृया