धितोपत्र बोर्डले नयाँ नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
प्रकाशित मिति
२०८२ श्रावण ६ गते, मंगलवार ०६:५०
श्रावण ६ ,२०८२ काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। यसपालि कुनै औपचारिक कार्यक्रम नगरी बोर्डले वेबसाइटमार्फत नीति सार्वजनिक गरेको हो।
नीतिमा पुँजी बजार सुदृढीकरण, स्टक एक्सचेञ्ज पुनःसंरचना, जोखिम न्यूनीकरण उपकरणको विकास, र नियामक निकायहरूको क्षमता अभिवृद्धि समेटिएको छ। साथै, एनआरएनलाई दोस्रो बजारमा कारोबार गर्न दिने, सरकारी ऋणपत्रको दोस्रो बजार सञ्चालन गर्ने, र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमा लगानीको कानूनी व्यवस्था गर्ने उल्लेख छ।

डेरिभेटिभ्स कारोबार, अक्सन मार्केट तथा स्वचालित IPO आवेदन प्रमाणीकरण प्रणाली लागू गरिने भएको छ। खरिदकर्ताको खातामा रकम नहुँदासम्म धितोपत्र कारोबार नहुने प्रावधानले प्रणालीगत जोखिम घटाउने बोर्डको विश्वास छ।





प्रतिकृया