• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

भटमास र सनफ्लावर तेलले बढायो निर्यात,निर्यातमा ८१ प्रतिशत वृद्धि

प्रकाशित मिति

२०८२ श्रावण ६ गते, मंगलवार ०४:३०

श्रावण ६ ,२०८२ काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको थियो।

गत वर्षको तुलनामा निर्याततर्फ भने उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार २०८१/८२ मा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको तुलनामा ८१.८० प्रतिशतले बढी हो।

Kamana Sewa

भन्सार विभागका अनुसार भारतमा भटमास र सनफ्लावर तेलको निर्यात बढेपछि समग्र निर्यात वृद्धिमा सहयोग पुगेको हो। २०८१/८२ मा मात्र १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भटमासको तेल र १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँभन्दा बढीको सनफ्लावर तेल निर्यात गरिएको छ।

Classic Tech Desktop

गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि निर्यात बढे पनि व्यापार घाटा अझै बढ्दो देखिएको छ। २०८१/८२ मा कुल १५ खर्ब २७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ, जुन अघिल्लो वर्षको १४ खर्ब ४० अर्ब घाटाको तुलनामा ६ प्रतिशतले बढी हो।

प्रतिकृया