• ३ साउन २०८३, आइतबार
  • ३:३८ बेलुका

युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार ०४:००

असार १० , २०८२ काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौको नयाँ बानेश्वरमा अवस्थित युनिग्लोब कलेजले युनिग्लोब IT एक्सपो र स्टार्टअप मेला-२०२५ को आयोजना गर्ने भएको छ । आगामी २०८२ असार ११ गते देखि १४ गतेसम्म कलेज परिसरमा हुने ४ दिने यो भव्य कार्यक्रममा यस कलेजमा रहेका विद्यार्थी क्लवहरुःUniglobe Center for Entrepreneurship र Uniglobe Center for IT & Innovation को संयुक्त आयोजनामा गर्न लागिएको हो ।

कलेजले यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुमा व्यावसायिक सीप, व्यावहारिक ज्ञान तथा अनुभवको विकास हुने विश्वास लिएको छ । यस कार्यक्रमले सूचना प्रविधि र उद्यमशीलता प्रवद्र्धनमा योगदान दिने उद्देश्यले आफ्नो प्रमुख वार्षिक गतिविधिको रुपमा अगाडि सारेको छ । यस कार्यक्रममा २० भन्दा बढी स्टार्टअप र १० भन्दा बढी आईटि कम्पनी हरुले आफ्नो उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् । उक्त कार्यक्रममा साँस्कृतिक प्रदर्शनको अतिरिक्त IT & Startup मा आधारित स्टलहरु प्रदर्शन हुनेछन् । उक्त कार्यक्रममा १० हजारभन्दा बढी सहभागिहरुको उपस्थिति रहने अपेक्षा गरेको छ ।

Kamana Sewa

उक्त कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न प्रायोजकहरुको महत्वपूर्ण साथ प्राप्त भएको छ । कार्यक्रमको टाईटल स्पोन्सरः Mercantile, गोल्ड स्पोन्सरः Edulink / Gen I.Technology एसोसिएट स्पोन्सरः Fantech, Max International / Jwantara, मिडिया पार्टनरः Brand Ad इन्टरनेट पार्टनरःWorldlink र फुुड पार्टनरः Nebico का रुपमा कार्यक्रममा सहभागी रहेका छन् । उपस्थित प्रायोजकहरुको योगदानले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास आयोजकले लिएको छ ।

Classic Tech Desktop

यस ऐतिहासिक अवसरमा कलेजका प्रिन्सिपल डा. नर बहादुर बिष्ट ज्यूले सम्पूर्ण युनिग्लोब कलेजका विद्यार्थी र अन्य कलेजका विद्यार्थीहरु, अभिभावक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरुलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाइदिनु हुनका लागि हार्दिक आमन्त्रणा गर्नुभएको छ ।

प्रतिकृया