• ४ साउन २०८३, सोमबार
  • २:१५ बिहान

नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार ०३:३७

असार १० , २०८२ काठमाडौं ।  आज सेयर बजारमा झिनाे अंककाे गिरावट आएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । सोमबार करिब साढे ६ अर्बको शेयर खरिदबिक्री भएको भएकाे थियाे ।

आज ओम मेगाश्री फर्मास्युटीकल्सको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको आज ८.०१ प्रतिशत अर्थात एक सय दुई रुपैयाँले सेयरमूल्य बढेकाे हाे ।  एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य यस दिन सर्वाधिक घटेको छ।यस दिन बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६५ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Kamana Sewa

प्रतिकृया