• १ असोज २०८३, बिहीबार
  • ८ः५० बिहान

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित, रास्वपा र राप्रपाको बहिष्कार

प्रकाशित मिति

२०८२ असार १० गते, मंगलवार ०६:१३

असार १० , २०८२ काठमाडौं । प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको विनियोजन विधेयक पारित गरेको छ। मंगलबारको सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गर्‍यो।

National Life

बजेट पारित गर्ने प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अनुपस्थित रहेका थिए। दुवै दलले बजेटमाथिको छलफलसमेत बहिष्कार गरेका थिए। सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटमार्फत आर्थिक स्थायित्व, रोजगारी सिर्जना र विकासलाई प्राथमिकता दिएको दाबी गरेको छ।

प्रतिकृया