• ३१ भदौ २०८३, बुधबार
  • ३ः५५ दिउँसो

प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने

प्रकाशित मिति

२०८३ भाद्र ३१ गते, बुधबार ०३:५५

३१ भदौ २०८३ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्। बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता नगरेको जिकिर गरे।

National Life

प्रधानमन्त्रीले बैठकको बेवास्ता गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले पार्टी र सरकारबीच जिम्मेवारी बाँडफाँट गरेर अघि बढिरहेको बताए। ‘विल्कुल होइन। स्थानीय तहका राजनीतिज्ञसमेत कुरा गरिरहनुभएको छ। प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ, यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो,’ उनले भने।

लामिछानेले प्रधानमन्त्रीले स्थानीय तहका वडाध्यक्ष तथा पालिकाका जनप्रतिनिधिसँग फोनमा कुराकानी गर्दै प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइरहेको बताए। उनले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट व्यवस्था भएकाले एउटै काममा दोहोरो संलग्नता आवश्यक नभएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया