पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
प्रकाशित मिति
२०८३ भाद्र १७ गते, बुधबार ०२:४४
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्दै सांसद आङ्देम्बेले सरकारले पीडितको उद्धार र ज्यान जोगाउनभन्दा प्रचारमा बढी ध्यान दिएको दाबी गरे।
उनले स्थलगत अवलोकनका क्रममा पीडित परिवारको अवस्था सुनेपछि आफू सरकारको कार्यशैलीबारे संसद्मा बोल्न बाध्य भएको बताए। ‘सरकार सामाजिक सञ्जालमा अल्झियो। जोखिम समुदायमा समयमा पुग्न सकेन,’ उनले भने, ‘सरकार परिणाम दिन र प्राण जोगाउनभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो।’

आङ्देम्बेले विपद्को समयमा तत्काल प्रभावित क्षेत्रमा पुगेर प्रभावकारी उद्धार तथा राहतलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया