आजका लागि तय प्रतिनिधिसभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
प्रकाशित मिति
२०८३ भाद्र ९ गते, मंगलवार १०:३१
९ भदौ २०८३ काठमाडौं – संघीय संसद्, प्रतिनिधिसभाको आज (मंगलबार) दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ। संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार विशेष कारणले आजको बैठक निर्धारित समयमै बस्न नसक्ने भएपछि बैठक भोलि बुधबारका लागि सारिएको हो।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। संसद् सचिवालयले विशेष कारणले आजको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि बैठकको नयाँ मिति र समय निर्धारण गरिएको जनाएको छ।

यससँगै आज प्रतिनिधिसभामा हुने भनिएका कार्यसूचीसमेत भोलिको बैठकमा सर्ने भएका छन्।


Related
Recent News
- आजका लागि तय प्रतिनिधिसभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
- गण्डकीमा एमालेले मन्त्री फिर्ता बोलाउने, सामूहिक राजीनामा दिने
- बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
- बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
- आजको मौसम : यी प्रदेशमा वर्षा, चट्याङ र भारी वर्षाको सम्भावना
- प्रतिनिधिसभाको बैठक आज, यी विषयमा हुँदैछ छलफल
- नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त
- भ्रामक प्रचार गरे आफ्ना अभिकर्तालाई कारवाही गर्ने नेपाल लाइफको चेतावनी
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदमा सहज वित्तीय सुविधा उपलब्ध गराउने समझदारी
- इन्दिरा राना र रामबहादुर थापाका सात शब्द संसद् अभिलेखबाट हटाइयो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया