• ७ भदौ २०८३, सोमबार
  • ९:४६ बेलुका

नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०९:४५

काठमाडौं । नबिल बैंकले गणेशप्रसाद अवस्थीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको निर्णयअनुसार अवस्थी डीसीईओमा बढुवा भएका हुन् ।

यसअघि नायब महाप्रबन्धक (डीजीएम)का रूपमा कार्यरत अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल गरेका छन् । उनले नबिल बैंकमा सहायक महाप्रबन्धक (एजीएम) का रूपमा सेवा सुरु गरेका थिए ।

Kamana Sewa

अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ यात्रा अघि बढाएका थिए । त्यसपछि कुमारी बैंकमा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा आबद्ध भएका थिए ।

Classic Tech Desktop

ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय बिताएपछि अवस्थी नबिल बैंकमा प्रवेश गरेका हुन् । बैंकिङ क्षेत्रमा विशेषगरी कर्जा व्यवस्थापन र निक्षेप परिचालनमा अनुभव हासिल गरेका उनी व्यावसायिक विस्तार, ग्राहक सेवा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् ।

प्रतिकृया