• ८ भदौ २०८३, मंगलबार
  • ९:२५ बिहान

प्रतिनिधिसभाको बैठक आज, यी विषयमा हुँदैछ छलफल

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ०९:०९

 ९ भदौ २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी कार्यसूचीमा छलफल हुने भएको छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन्। त्यसपछि उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्नेछिन्। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Kamana Sewa

यसैगरी, सन्धिसम्बन्धी कार्यअन्तर्गत मन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता सभामा पेस गर्नेछिन्। आजको बैठकमा विधेयकसँगै बालश्रम नियन्त्रण र समुद्री जैविक विविधताको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि पनि संसदीय प्रक्रिया अघि बढ्नेछ।

Classic Tech Desktop

प्रतिकृया