• २५ भदौ २०८३, बिहीबार
  • ४ः२५ बेलुका

बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह

प्रकाशित मिति

२०८३ भाद्र २५ गते, बिहीबार ०३:५५

२५ भदौ २०८३ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन्द्र शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सिंहले सरकार संविधानको मर्मअनुसार नचलेको टिप्पणी गरेका हुन्।

National Life

‘हामी विषम परिस्थितिमा छौं। बाढीपहिरोको मारमा छौं। खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने।

सिंहले निर्वाचनमा जाँदा संविधान बदल्ने कुरा नगरेको उल्लेख गर्दै अहिले संविधानको मर्ममाथि प्रहार भइरहेको आरोप लगाए। ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं। संविधानको मर्ममाथि प्रहार भइरहेको छ,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

उनले संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय केन्द्र हुनुपर्नेमा अहिले सल्लाहकारमार्फत शासन सञ्चालन भइरहेको आरोप लगाए। सरकारको केन्द्र ज्वागल बनेको भन्दै सिंहले सरकार हुकुमी शासनतर्फ अघि बढिरहेको टिप्पणीसमेत गरे।‘संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ,’ उनले भने।

प्रतिकृया