• 12:26 pm

युनिग्लोब कलेजको १३ औं अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न

प्रकाशित मिति

२०८१ माघ २४ गते, बिहीबार ०८:२४

माघ २४, २०८१ काठमाडौँ: युनिग्लोब कलेजकाे १३ औं अन्तराष्ट्रिय व्यवस्थापन सम्मेलन माघ २३ र २४ गते युनिग्लोव कलेज, नयां बानेश्वरमा भव्यताको साथ सम्पन्न भयो । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको थियो ।

नयाँ बानेश्वरमा भएको सम्मेलनमा नेपाल, भारत लगायत विभिन्न देशका विज्ञहरुले भाग लिएका छन् । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रो. डा. वेद राज केसी (मुख्य अतिथि), रजिष्ट्रार प्रो. डा. दिपक बहादुर भण्डारी (विशेष अतिथि) लगायत नेपाली डेलिगेट्नस र २० जना विदेशी पाहुनाहरुले भाग लिएका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै युनिग्लोब कलेजका प्रिन्सिपल डा. नर बहादुर विष्टले भर्चुअल र मुख्य वक्ताहरु विभिन्न देशहरु अमेरिका, बंगलादेश, स्लोभेनिया, इण्डोनेशिया, फ्रान्स, फिनल्याण्ड जस्ता विदेशबाट रिसर्च विद्धान उपस्थिति भएको बताए । उनले सम्मेलनमा उपस्थिति भएका सबैलाई स्वागत गर्दै सम्मेलनको शिर्षक “वृद्धि, चुनौतीहरू, अवसरहरू र पुनःसंरचनाको व्यापार” रहेको भन्नेमा प्रकाश पारे । उक्त सम्मेलन अनुपम खालको रहेको जसमा ३९० जना सहभागीहरु र २८० वटा रिसर्च पेपर रहेको बताए । ।सेमी भर्चुअल मोडेलमा आयोजना गरिएको सम्मेलनमा अमेरिका, युके, फ्रान्स, स्लोभेनिया, मलेसिया, जापान, भारतलगायत २० वटा मुलुक सहभागी थिए । पोखरा विश्वविद्यालयका उप कुलपति प्रो. बेदराज केसी सरलाई व्यस्तताका बाबजुद सम्मेलनमा उपस्थिति भएकोमा धन्यवाद दिए ।

यो सम्मेलन आफैमा अनुपम खालको छ

पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा. वेदराज केसीले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी पाहुनाहरूलाई स्वागत गर्दै यस्तो अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई सौभाग्यशाली महसुस भएको बताए । उनले युनिग्लोब कलेजलाई सम्मेलनको सफल आयोजनाका लागि धन्यवाद दिदैँ भने, “यस्ता सम्मेलनहरूले विचार आदानप्रदान, विश्वव्यापी चुनौतीहरूको चर्चा र नयाँ अवसरहरूको पहिचानमा टेवा र्पुयाउने बताए ।”

पैसाको पछि लागेर मानिसहरुले मानवीय मूल्य भुलेका छन्

दोश्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका व्यवस्थापन तर्फका डीन डा. दयाराज ढकालले सर्वप्रथम आफूले सबभन्दा पहिले युनिग्लोब कलेजलाई धन्यवाद दिन चाहेको बताए । उनले डीन कार्यालयमा युनिग्लोब कलेजसँग सम्बन्धित विशेष रेकर्ड स्थापना भएको प्रकाश पारे । त्यो रेकर्ड हो—युनिग्लोब कलेजले हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्छ । युनिग्लोब कलेजले सँधै सान्दर्भिक विषयमा सम्मेलन आयोजना गर्छ । हरेक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू प्रमुख अतिथि हुने अवसर पाउँदा आफूलाई खुशी लागेको बताए ।

यो वर्षको विषय “वृद्धि, चुनौतीहरू, अवसरहरू र पुनःसंरचनाको व्यापार (The business of growth, challenges, opportunities and reengineering) धेरै सान्दर्भिक भएको बताए । हालको विषय झन् धेरै सान्दर्भिक छ—जहाँ समस्या छ, त्यहाँ अवसर पनि छ । जहाँ अवसर हुन्छ, त्यहाँ चुनौतीहरू पनि संगै आउँछन् । यी सबैलाई स्वीकार गर्दा मात्र व्यवसायको विकास सम्भव हुन्छ ।

उनले अहिले कलियुग भएको र मानिसहरू पैसाको पछि लागिरहेका बताए । मानिसहर अहिले बैंक ब्यालेन्स कसरी बढाउने भन्ने चिन्तामा छन् । पैसा महत्त्वपूर्ण हुँदै जाँदा नैतिकता र नियमहरू भंग गर्न थालिन्छ । व्यवसायीहरूले मानवीय मूल्यहरु बिर्सँदै गएका छन्, जुन कुनै पनि धर्मले समर्थन गर्दैन । हिन्दु धर्ममा मानिसलाई सम्मान गर्न भनिएको छ, त्यसैगरी कुरानले पनि मानवताको सम्मान गर्न सिकाउँछ । बाइबलमा पनि मानिसको सम्मान र पवित्रताको सन्देश दिएको छ । मानवता र शुद्धताको सम्मान गर्नुपर्ने कुरा सबै धर्महरूको साझा शिक्षा हो । सबै उपनिषद, रामायण, कुरान जस्ता ग्रन्थहरुले मानवको सेवा गर्ने शिक्षा दिएको छ ।

समापन मन्तव्यमा बोल्दै प्रो. राधेश्याम प्रधान, एकाडेमिक निर्देशक, युनिग्लोबले भने इस्ट अर वेस्ट युनिग्लोब इज द बेस्ट र सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए ।

प्रतिकृया