• २ असोज २०८३, शुक्रबार
  • ३ः०४ दिउँसो

कस्तो रहला आज देशभरको मौसम ?

प्रकाशित मिति

२०८१ माघ २५ गते, शुक्रबार ०८:४५

माघ २५, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

National Life

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिन्छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया