• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंको आन्दोलन स्थगित

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ०५:४४

पुष २२, २०८१ काठमाडौँ: शैक्षिक क्षेत्र सुधारका एजेन्डासहित ९ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका नेकपा समाजवादी पार्टीको विद्यार्थी संगठनका अध्यक्ष नेत्र चापागाईंले शिक्षामन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित गरेका छन्।

सोमबार शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधि सभाको शिक्षा समितिका सभापति अमरबहादुर थापा चापागाईंको अवस्था बुझ्न माइतीघर पुगेका थिए। शिक्षामन्त्री भट्टराईले चापागाईंले उठाएका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनले आन्दोलन रोकेका हुन्।

Kamana Sewa

चापागाईंले गत पुस १४ गतेदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म माइतीघर मण्डलामा उभिएर धर्ना दिइरहेका थिए। काठमाडौंमा धर्ना दिनुअघि उनले सातै प्रदेशका विभिन्न स्थानमा दुई/दुई दिन उभिएर आफ्नो मागको पक्षमा अभियान चलाएका थिए।

Classic Tech Desktop

प्रतिकृया