• 7:35 am

भारतको छत्तीसगढमा माओवादीको आक्रमणमा नौं सुरक्षाकर्मीको मृत्यु

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ०४:५१

पुष २२, २०८१ काठमाडौँ: भारतको छत्तीसगढस्थित विजापुरको कुत्रु बेन्द्रे सडकमा संदिग्ध माओवादीले गरेको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार यो आक्रमण आईईडी विष्फोटबाट गरिएको हो । प्रहरीका अनुसार दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको थियो ।

सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विष्फोट भएको थियो ।

विस्फोट यति शक्तिशाली थियो कि ८ जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भएको थियो । केही सैनिकहरू गम्भीर घाइते भएको पनि समाचार रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया