• 5:36 pm

मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

प्रकाशित मिति

२०८१ असार ११ गते, मंगलवार ०१:५६

असार ११, २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रकी सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गरेकी हुन् । उनले मधेसका महिलाहरू शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरिन् ।

उनले भनिन्, ‘मधेसको महिलाहरू शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ ।’

उनले मधेसका महिलाहरू शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताइन् ।

प्रतिकृया