• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

संघीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)

प्रकाशित मिति

२०८१ असार १० गते, सोमबार ०७:५०

असार १०, २०८१ काठमाडौँ: संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

Kamana Sewa

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

Classic Tech Desktop

विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

प्रतिकृया