• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

भ्रष्टाचार मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल स्वतः निलम्बनमा

प्रकाशित मिति

२०८१ असार ९ गते, आईतवार ०४:४७

असार ९, २०८१ काठमाडौँ: मुख्यसचिव डा बैकुण्ठ अर्याल पदबाट निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बनमा परेका हुन् ।

सञ्चार मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्य कोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी विभिन्न निर्णय गरेको भन्दै उनी विरुद्ध शुक्रबार अख्तियारले मुद्दा दायर गरेको थियो ।

Kamana Sewa

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि स्वत: निलम्बन हुने व्यवस्था छ ।

Classic Tech Desktop

उक्त दफामा भनिएको छ, ‘निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’

मुख्यसचिव अर्यालको निलम्बनसँगै सरकारले अब वरिष्ठतम् सचिवलाई कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ । भ्रष्टाचारको आरोपबाट सफाई नपाएसम्म अर्यालको निलम्बन यथावत रहेनछ।

प्रतिकृया