• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

चित्रबहादुर केसीको दाबि- संसदीय समितिले सहकारी ठगहरुलाई नै बचाउनेछ !

प्रकाशित मिति

२०८१ जेष्ठ २४ गते, बिहीबार ०२:५९

जेठ २४, २०८१ काठमाडौँ: राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले पोखरामा बुधबार सूर्यदर्शन सहकारी पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै नेता केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्दै पुगेका सहकारी पीडितलाई प्रहरीले धरपकड गरेको र नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका हुन् ।

Kamana Sewa

अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने किसान, मजदुरले जम्मा गरेको पैसामा केही टाठाबाठाहरुले रजाइँ गरिरहेको बताउदै सहकारीको रकम अपचलन गर्नेहरुलाई राज्य संयन्त्रले नै जोगाइरहेको दाबी गरे ।

Classic Tech Desktop

उनले भने- ‘अपचलन गर्नेहरु अहिले कुनै कुरामा ढुक्कसँग लुकेर बसेका छन् । गण्डकीमा ढोरपाटनका सहकारी सञ्चालक पनि भूमिगत छन् । यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ । यहाँ संसद्मा भएका हाम्रा धेरै माननीयहरुलाई थाहा छ । सहकारी कसले लुटेको छ, सहकारी हिनामिना कसले गरेको छ ? त्यो कसले गरेको छ भने राज्यसत्तामा जसको रजाइँ छ उनीहरुले गरेका छन् । हुँदाहुँदा चोरलाई चौतारी, पीडितलाई दण्डा भनेकोजस्तो अहिले के भयो भने जुन सहकारी पीडित हुन्, उनीमाथि हिजो दण्डा बर्साइयो । कयौं सहकारी पीडितहरु अस्पतालमा छन्, कयौं विलखबन्दमा परेका छन् ।’

नेता केसीले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय समितिले ठगहरुलाई नै बचाउने दाबि गर्दै जसले सहकारी ठगी गरेको छ, उही मानिस सत्ता र शक्तिमा रहेको अवस्थामा समितिको प्रतिवेदन कार्यान्वयन हुनै नसक्ने उनले बताए ।

उनले भने- ‘अहिले जुन समिति बनेको छ, यो टालटुल गर्न हो । यो सहकारी पीडकहरुलाई जोगाउने नै हो । चोरलाई चौतारो, साधुलाई सुली भनेकोजस्तो वर्तमान स्थितिमा त्यही देखिएको छ ।’

प्रतिकृया