• २ असार २०८१, शनिबार
  • 2:02 am

सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन

प्रकाशित मिति

२४ जेष्ठ २०८१, बिहीबार १५:२०

जेठ २४, २०८१ काठमाडौँ: नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो ।

खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकोमा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए ।

जेठ ५ देखि ७ सम्म चलेको आठौँ जिल्ला अधिवेशनबाट खनाल एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-४ घर भएका ६२ वर्षीय खनाल यही जेठ ७ गतेमात्रै एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिकृया