• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

गिरीबन्धु स्टेट प्रकरणमा ओलीको बचाउ गर्दै योगेश

प्रकाशित मिति

२०८१ जेष्ठ २२ गते, मंगलवार ०२:५५

जेठ २२, २०८१ काठमाडौँ: एमाले सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीमाथि गिरीबन्धु स्टेटको जग्गामा भ्रष्टाचार गरेको भन्दै लागेको आरोपको बचाउ गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा भट्टराईले गिरीबन्धुको विषयलाई जोडेर कांग्रेस महामन्त्री गगन थापा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको भनाइलाई प्रतिवाद गरेका हुन् ।

गिरिबन्धुको प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै आएका थापाले आइतबार संसदमा त्यो विषयलाई फेरि उठाएका थिए। उनले भ्रष्टाचारमा सत्तारूढ दलहरूको भूमिकाका कस्तो रहन्छ भन्द्र प्रश्न गरेका थिए, ‘गिरीबन्धु भ्रष्टाचारमा रास्वपा बोल्छ कि बोल्दैन ? सहकरी ठगीमा एमाले बोल्छ कि बोल्दैन?’ ती दुई विषयमा एकले अर्कालाई बचाउ एमाले रास्वपाबीच सहमति भएको कांग्रेसको आरोप छ ।

Kamana Sewa

त्यस्तै सोमबार मेयर बालेनले झापाको ३४४ बिगाहा जग्गा हिनामिनामा ओली सहभागी भएको आरोप लगाएका थिए। उनले ओलीले दश हजार करोड रुपैयाँ घोटाला गर्न ओली प्रधानमन्त्री भएका बेला निर्णय गरेको बताए। ती भनाइप्रति आपत्ति जनाउँदै सचिव भट्टराईले एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले आरोप लगाउने काम भएको भन्दै असन्तुष्टि जनाए । उनले २०४६ सालपछिका सबै काण्डमा छानबिन गर्न कांग्रेसलाई चुनौती दिए ।

Classic Tech Desktop

‘४६ सालपछि वा अगाडि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक छानबिनको लागि एमाले तयार छ । एनसेलको गर्ने हो कि टेरामक्सको गर्ने हो कि ? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको गर्ने हो कि ? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने?, भट्टराईले अगाढि भने, ‘सबैको छानबिनमा उभिन तयार छ एमाले । नेकपा ९एमाले० त्यो पार्टी हो, भ्रष्टाचारीको आरोपमा अदालत र अख्तियारमा जानुपरेको छैन । पार्टीको केन्द्रीय समितिमा दायाँ–बायाँ दाग लागेको व्यक्ति राखेर बैठक गर्नुपरेको छैन ।’

उनले आफूहरु कसैमाथि आरोप टिक्का टिप्पणी नगर्ने तर अरुले गरेको विषयमा चुप नबस्ने बताए । भट्टराईले भने, ‘हामी कसैमाथि हात उठाउन चाहँदैनौँ, गलत ढंगले टिप्पणी गर्दैनौँ। जिउँदै मानिसलाई इँटाभट्टामा पोल्ने काम २०० वर्षपछि पनि गर्दैनौँ । हामी कुनै पनि अपराधमा चारतारे झन्डा ओढोस् हँसियाहतौडाको झन्डा बोकोस् घण्टी बजाओस् हलो बोकोस्, त्यो कसैलाई पनि छुट छैन ।’

प्रतिकृया