• ४ साउन २०८३, सोमबार
  • १:०६ बिहान

रास्वपाले भन्यो- कांग्रेसको विरोध लज्जास्पद र औचित्यहीन

प्रकाशित मिति

२०८१ जेष्ठ १३ गते, आईतवार ०१:०९

जेठ १३, २०८१ काठमाडौँ: सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसद्‌‌को विरोधलाई लज्जास्पद र औचित्यहीन भनेको छ । संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ तर, कांग्रेसले विरोध गरिरहेको छ ।

रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले भने— असहज वातावरणमा यसरी गरिमामय संसद्‌मा बोल्नपर्ला जस्तो लागेको थिएन । हामी सबैका प्रेरणा, मेरो त राजनीतिक आदर्श बीपी कोइरालाले ६५ वर्षअगाडि स्थापित गर्नुभएको मानकलाई यो अवस्थामा पुर्‍याउने लज्जास्पद, औचित्यहीन, विरोधप्रति हाम्रो खेद छ । संसद्‌को ओज, संसद्‌को गरिमा, संसद्‌को उपादेयता असान्दर्भिक बनाउने कदमप्रति घोर आपत्ति छ ।

Kamana Sewa

उनले कांग्रेसको ध्यान संसद्‌‍मा नारबाजीमा नभइ ७४ लाख सहकारी बचतकर्ताहरूको समस्या समाधानमा हुनुपर्ने बताए ।

Classic Tech Desktop

“त्यसमा कार्यदलले टीओआर बनाउने काम गरिरहेको छ । व्यक्तिकेन्द्रित नभइ सामूहिक रूपमा बचतकर्ताहरूलाई न्याय दिनेगरी हामी अगाडि बढ्नुपर्छ,” उनले भने ।

प्रतिकृया