फुटवयर विजनेस एक्सपो मेलामा एसइई पास भएका विद्यार्थी र अभिभावकलाई विशेष छुट
प्रकाशित मिति
२०८० असार २६ गते, मंगलवार ०४:५३
२६ असार २०८०, काठमाडौँ: विभिन्न नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरूद्धारा सञ्चालित ‘फुटवेयर विजनेस एक्सपो–२०८०’ले एसइई पास भएका विद्यार्थी र अभिभावकालाई विशेष छुटको ल्याएको छ । विजनेस एक्सपोका आयोजकले एसइई पास भएका विद्यार्थी र अभिभावकालाई विशेष छुटको ल्याएको जानकारी दिएको छ । मेलामा ग्राहकले नेपालका ख्याति प्राप्त ब्राण्डका जुत्ता चप्पल खरिद गर्दा १० देखि ५० प्रतिशतसम्म छुट तथा वारेन्टीकाे साथै एसइई पास भएका विद्यार्थी र अभिभावकालाई विशेष छुटपनि ल्याएको छ ।
आयोजकका अनुसार हाल जारी मेलामा सम्पूर्ण ब्राण्डका ‘एक्स्क्लुसिभ’ डिजाइनका जुत्ता चप्पलहरूलाई विशेष प्राथमिकता दिइएको कारण अन्य समयमा आयोजना हुने मेला भन्दा यो मेला विशेष रहेको आयोजक भनाई छ ।

‘फुटवेयर विजनेस एक्सपो–२०८०’का सञ्चालहरूले अधिकांश साना तथा घरेलु उद्योगको रुपमा रहेका नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगहरुले केही वर्ष अगाडिसम्म नेपाली उत्पादनका जुत्ता भनेपछि नाक खुम्च्याउने उपभोत्ताहरुको मन जित्दै गएर स्वदेशी जुत्ता, चप्पल बजारमा ६० प्रतिशतभन्दा बढी स्थान ओगट्न सफल भएको दाबी गरेका छन् ।

एक्सपोमा १० भन्दाबढी उद्योगीका ३० भन्दा बढी ब्राण्डका १२ सयभन्दा धेरै मोडलका जुत्ता चप्पल पाईने आयोजकले जनाएको छ । मेलामा महिला, बालबालिका, पुरुषहरुका कलेज सुज, क्याज्युल, पाटिवेयर, स्पोर्टलगायत सम्पूर्ण परिवारलाई पुग्नेगरि जुत्ता चप्पल छान्न सकिने पनि आयोजकले जनाएको छ ।
देशभर ख्याँतिप्राप्त उद्योगीका नेपाली ब्राण्डका जुत्ता, चप्पल छानिछानि लिनसकिने जनाईएको छ । एक्सपोमा शिखर शु, बाम्बो शु, सो ल्याण्ड, वान वर्ल्ड, भेनस सु, पीजी सु, हिमानी सु, बोस सु र फुट स्टेप शु का ब्राण्डहरू समावेश छन् । फुटवेयर विजनेस एक्सपो–२०८० बाट नेपाली उत्पादनको प्रचारप्रसार, उत्पादक, उपभोत्ता तथा अन्य सरोकारवालाबीचको प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवर्द्धन भएको हुँदा यसको उपलब्धि मापनको अन्य सूचकहरुमा यसको अवलोकन तथा कारोवार भएको प्रमुख उपलब्धि मानिएको छ।
मेलामा न्यूनतम २ लाखभन्दा बढिले अवलोकन गर्ने र १ लाख जोर जुत्ता/चप्पल बिक्रीवितरण हुने फुटवेयर विजनेस एक्सपो–२०८० ले लक्ष्य राखेको छ ।




प्रतिकृया