• ७ साउन २०८३, बिहीबार
  • १२:३६ बेलुका

ह्याम्स अस्पतालले आईपीओ ल्याउने तयारी

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ११:०६

७ साउन २०८३ काठमाडौं- हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ। अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजे वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारणसभामा सर्वसाधारण समूहका लागि आईपीओ निष्काशन गर्ने, आईपीओबाट प्राप्त हुने पूँजीको उपयोग सम्बन्धी प्रस्ताव पारित गर्ने तथा सो प्रयोजनका लागि आवश्यक परे अस्पतालको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।

Kamana Sewa

त्यसैगरी, नियामक निकायबाट आईपीओ निष्काशनका क्रममा कुनै संशोधन वा फेरबदल गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

Classic Tech Desktop

साधारणसभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्षका वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा नगद लाभांश वितरणको प्रस्तावमाथि पनि निर्णय गर्ने कार्यसूची रहेको अस्पतालले जनाएको छ।

आईपीओ निष्काशनको प्रस्ताव पारित भएमा ह्याम्स अस्पताल सर्वसाधारण लगानीकर्तालाई शेयर जारी गर्ने प्रक्रियामा औपचारिक रूपमा अघि बढ्नेछ।

प्रतिकृया