• ८ साउन २०८३, शुक्रबार
  • ३:०५ बेलुका

कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधार : ओली

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ११:५६

७ साउन २०८३ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै मुलुकको परिवर्तनको आधार भएको बताएका छन्। वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरू पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले परिवर्तनका लागि सहकार्य र साझा प्रयास आवश्यक रहेको बताए।

ओलीले पुष्पलाल श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव मात्र नभई इतिहासको नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा स्मरण गरे। उनले पुष्पलालले मजदुर र किसानका समस्यालाई राजनीतिक आन्दोलनसँग जोड्दै जनमुखी अभियान अघि बढाएको उल्लेख गरे।

Kamana Sewa

त्यस्तै, ओलीले बीपी कोइरालालाई नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा चित्रण गर्दै लोकतान्त्रिक आन्दोलनमा उनको योगदानको प्रशंसा गरे।

Classic Tech Desktop

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लोकतान्त्रिक तथा प्रगतिशील शक्तिबीच सहकार्य गर्नुपर्ने पुष्पलालको नीति तत्कालीन समयमा स्वीकार नभए पनि २०४६ सालको परिवर्तनमा त्यही विचार महत्वपूर्ण आधार बनेको ओलीको भनाइ छ।

उनले अग्रज नेताहरूको दूरदृष्टि र संघर्षबाट प्रेरणा लिएर अहिलेका चुनौती सामना गर्दै राजनीतिक आन्दोलनलाई अघि बढाउन सकिने बताए। ओलीले बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासन कालले नेपाली राजनीतिलाई निरन्तर ऊर्जा र प्रेरणा दिइरहने उल्लेख गरे।

प्रतिकृया