• २ असोज २०८३, शुक्रबार
  • ३ः४५ दिउँसो

विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार नगदसहित उपसचिव पक्राउ

प्रकाशित मिति

२०८३ श्रावण ८ गते, शुक्रबार ०१:२१

काठमाडौं । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्। तामाङ नेपाल सरकारका उपसचिव हुन्।

National Life

प्रहरीका अनुसार उनी साउन ३ गते बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा पक्राउ परेका थिए। घटनाबारे प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको हो। दोलखाको भीमेश्वर नगरपालिका–९ स्थायी घर भएका तामाङको झोलाबाट १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो।

बरामद रकमको स्रोतबारे सोधपुछ गर्दा तामाङले विश्वसनीय विवरण दिन नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बरामद नगदको स्रोत पुष्टि हुन नसकेकाले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। प्रहरीले रकमको स्रोत र त्यससँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया