• ८ साउन २०८३, शुक्रबार
  • ३:०२ बेलुका

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी

प्रकाशित मिति

२०८३ श्रावण ८ गते, शुक्रबार ०१:५१

८ साउन २०८३ काठमाडौं- स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र चालु आवको पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार चालु आर्थिक वर्षको असोज, कात्तिक र मंसिरसम्म प्राप्त स्वीकृत दाबीहरूको भुक्तानी यसअघि नै सम्पन्न भइसकेको थियो।

पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ। यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै दाबीहरूको भुक्तानी सम्पन्न भएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

Kamana Sewa

बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया