• १ असोज २०८३, बिहीबार
  • ९ः३६ बिहान

अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?

प्रकाशित मिति

२०८३ आश्विन १ गते, बिहीबार ०९:०७

१ असोज २०८३ काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान भारत प्रस्थान गरेका छन्। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

National Life

भ्रमणको दोस्रो दिन शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी सहभागी हुनेछन्। शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै, साँझ साढे ७ बजे भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि वाग्ले सहभागी हुनेछन्।

भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि शनिबार बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी भएर उनी शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम रहेको छ। अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी छन्।

विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक विषयमा सहकार्य विस्तार गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिकृया