• १ असोज २०८३, बिहीबार
  • ८ः०१ बिहान

चितवन र झापाका ३९ भूमिहीन परिवारलाई लालपुर्जा, जग्गाधनी बनाउने अभियान जारी

प्रकाशित मिति

२०८३ श्रावण ८ गते, शुक्रबार ०१:५६

८ साउन २०८३ काठमाडौं- सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तरता दिँदै चितवन र झापाका ३९ परिवारलाई लालपुर्जा वितरण गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरेको हो।

National Life

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।

यस्तै, शुक्रबार झापाको कनकाई नगरपालिकामा पनि ५ भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) प्रदान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ। यस अभियानमार्फत वर्षौंदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित नागरिकलाई अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

प्रतिकृया