• ३१ भदौ २०८३, बुधबार
  • ७ः२९ बेलुका

आइतबारको सार्वजनिक बिदा यथावत्, तत्काल हटाउने योजना छैन : सरकार

प्रकाशित मिति

२०८३ श्रावण ८ गते, शुक्रबार ०२:१४

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान एवं खेलकुद मन्त्री सस्मित पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म कायम रहने बताएका हुन्।

National Life

शिक्षा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले सातामा दुई दिन बिदाको व्यवस्था निरन्तर रहने र सरकारले तत्काल यसलाई हटाउने कुनै योजना नरहेको बताए।

उनले भने, “दुई दिन बिदा कायम हुन्छ। सरकारले तत्काल बिदा हटाउने सोचेको छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि अधिकांश देशमा सातामा दुई दिन बिदाकै रहेको छ।” सरकारले गत चैत २२ गते सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। हाल यो व्यवस्था सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा लागू हुँदै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले दुई दिने बिदा व्यवस्थालाई अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने र कार्य–जीवन सन्तुलन कायम गर्न सहयोगी हुने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया