• २१ भदौ २०८३, आइतबार
  • २ः०९ दिउँसो

पुष्पलालको योगदान आज पनि उत्तिकै सान्दर्भिक छ : माधव नेपाल

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार ०९:५२

७ साउन २०८३ काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

National Life

बिहीबार जारी सन्देशमा नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताएका छन्।

उनले वि.सं. २०३५ साल साउन ७ गते पुष्पलालको निधन भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा उनले पुर्‍याएको योगदान अमूल्य रहेको उल्लेख गरेका छन्। नेपाली जनताको मुक्ति र समाज रूपान्तरणका लागि उनले प्रारम्भ गरेको संघर्षको यात्रा निरन्तर अगाडि बढिरहेको र त्यसले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको नेता नेपालको भनाइ छ।

Classic Tech Desktop

सन्देशमा नेता नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने ऐतिहासिक श्रेय पुष्पलाललाई जाने उल्लेख गर्दै उनको त्याग, समर्पण र वैचारिक नेतृत्वको स्मरण गरेका छन्। आफ्ना दाजु सहिद गङ्गालाल श्रेष्ठ तथा १९९७ सालका अन्य सहिदहरूबाट प्रेरित भएर पुष्पलालले आफ्नो सम्पूर्ण जीवन जनताको मुक्ति र सामाजिक परिवर्तनका लागि समर्पित गरेको उनले बताएका छन्।

निरङ्कुश पञ्चायती शासनकालमा समेत पुष्पलाल आफ्नो राजनीतिक आस्था र सिद्धान्तमा अडिग रहँदै लोकतान्त्रिक तथा प्रगतिशील आन्दोलनलाई निरन्तर अगाडि बढाएको नेता नेपालले उल्लेख गरेका छन्।

सन्देशमा उनले पुष्पलालले नेपाली समाजको वस्तुगत विश्लेषण गर्दै नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको, मार्क्सवादी दृष्टिकोणका आधारमा वर्गीय संरचना र राजनीतिक अन्तर्विरोधको पहिचान गरी कम्युनिष्ट आन्दोलनलाई स्पष्ट वैचारिक दिशा दिएको उल्लेख गर्दै उनको योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताएका छन्।

प्रतिकृया