• २१ भदौ २०८३, आइतबार
  • ११ः०८ बिहान

नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो

प्रकाशित मिति

२०८३ भाद्र २१ गते, आईतवार १०:१०

 २१ भदौ २०८३ काठमाडौं — गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा गएराति आएको बाढीले चार घर र एउटा फलामे पुल बगाएको छ। गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार राति करिब ३ बजेतिर आएको बाढीले वडा नं. ४ नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।

National Life

बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुलसमेत बगाएको डीएसपी श्रेष्ठले जानकारी दिए।

घटनाबाट भएको मानवीय तथा थप भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया