• ६ साउन २०८३, बुधबार
  • ४:३५ बेलुका

लगातार ६ दिनको हरियालीपछि नेप्सेमा करेक्सन, १३.९५ अंकले घट्यो

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०३:३३

काठमाडौं । लगातार ६ कारोबार दिनसम्म बढेको नेपाली शेयर बजारमा बुधबार सामान्य करेक्सन देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १३.९५ अंकले घटेर २,७१२.५४ बिन्दुमा झरेको छ। आज ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारका क्रममा १३ मध्ये ११ उपसूचक ओरालो लागेका छन् भने २ उपसूचकमा मात्रै सुधार देखिएको छ। वाणिज्य बैंक समूहको सूचक ०.२७ प्रतिशत र विकास बैंक समूहको सूचक ०.२४ प्रतिशतले घटेको छ।

Kamana Sewa

यसदिन ७७ कम्पनीको शेयर मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया