• १६ असोज २०८३, शुक्रबार
  • १२ः५४ दिउँसो

शिक्षा–स्वास्थ्यको समता शुल्क हटाउन मन्त्रिपरिषद्‌मा प्रस्ताव

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०४:११

६ साउन २०८३ काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन्।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको परामर्शपछि अर्थमन्त्री वाग्लेले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै हालका लागि उक्त शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेका हुन्।

National Life

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क साउन १ गतेदेखि लागू भएको थियो। शुल्क लागू भएपछि सर्वसाधारण र सरोकारवालाबाट व्यापक जनगुनासो आएपछि सरकारले त्यसलाई हटाउने प्रक्रिया अघि बढाएको हो।

आर्थिक ऐन, २०८३ को दफा १६ र १७ अनुसार लगाइएको शिक्षा तथा स्वास्थ्य समता शुल्कलाई दफा १८(१) बमोजिम पूर्ण छुट दिने प्रस्ताव बुधबारको मन्त्रिपरिषद् बैठकमा पनि पेस गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया