• १५ असोज २०८३, बिहीबार
  • १२ः१९ दिउँसो

आज बसेको मन्त्रिपरिषद्का ७ मुख्य निर्णय सार्वजनिक

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०४:१६

६ साउन २०८३ काठमाडौं- सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले विशेष अदालत र श्रम अदालतका अध्यक्ष नियुक्ति, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट तथा मिटरब्याजीसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा गर्ने निर्णय भएको जानकारी दिए।

National Life

मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८३ अन्तर्गत शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि गरेको छ। साथै, गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने, गणेश नेपालीको आत्महत्या घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्ने तथा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा २०८५ भदौसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरिएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

Classic Tech Mobile
Classic Tech Desktop

१. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने ।

२.श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने ।

३. गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने ।

४. २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति गर्ने ।

५. अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति २०८३/०४/०१ मा भएको सम्झौता अनुमोदन गर्ने , सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने ।

६. गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने ।

७. आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने ।

प्रतिकृया