• १६ असोज २०८३, शुक्रबार
  • ४ः४६ बेलुका

बीपी स्मृति दिवसमा कांग्रेसभित्र दुई कार्यक्रम, संस्थापनइतर समूहले गर्‍यो छुट्टै समारोह

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०२:३१

६ साउन २०८३ काठमाडौं-नेपाली कांग्रेसको संस्थापनइतर समूहले जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा काठमाडौंस्थित प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गरेको छ। संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रीन रन’सहितका कार्यक्रम आयोजना गरिरहेका बेला इतर समूहले अलग्गै कार्यक्रम गरेको हो।

National Life

यसअघि साउन ३ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो। समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो।

प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मोहन बस्नेत, बिमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालालगायत संस्थापनइतर समूहका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया