• ६ साउन २०८३, बुधबार
  • ३:३६ बेलुका

काठमाडौंबाट विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काइँदै

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०२:१७

६ साउन २०८३ काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट विस्थापित सुकुम्बासीलाई उनीहरूको स्थायी ठेगाना रहेको जिल्लामा फर्काउने प्रक्रिया अघि बढाएको छ। यसका लागि ‘भूमि समस्या समाधान समिति’ले घरजग्गाविहीन २९ परिवारलाई सम्बन्धित जिल्ला समिति र स्थानीय तहमा तत्काल सम्पर्क गर्न सार्वजनिक सूचना जारी गरेको छ।

सरकारले गत वैशाख ११ गतेदेखि नदी किनाराका अवैध बस्ती हटाउने अभियानअन्तर्गत पहिलो चरणमा विस्थापित ३८८ परिवारका एक हजार ४८८ जनालाई होल्डिङ सेन्टरमा राखेर सम्पत्ति विवरण अध्ययन गरेको थियो।

Kamana Sewa

भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त विवरणअनुसार २९ परिवारको नाममा देशभर कुनै घरजग्गा नभेटिएपछि उनीहरूलाई स्थायी ठेगाना रहेको जिल्लामा स्वीकृत कार्यविधिअनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

Classic Tech Desktop

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको असार २९ गतेको निर्णयअनुसार सम्बन्धित परिवारका निवेदन र आवश्यक कागजात सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको भन्दै समितिले लाभग्राहीलाई सम्बन्धित पालिका र जिल्ला समितिमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिकृया