• ४ असोज २०८३, आइतबार
  • ५ः०५ बेलुका

बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन जारी

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार १२:३७

६ साउन २०८३ काठमाडौं- चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा बजेट तथा कार्यक्रम तोकिएको समयभित्र कार्यान्वयन गर्न, पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको नियमित अनुगमन गर्न निर्देशन दिइएको छ।

National Life

मार्गदर्शनअनुसार सबै मन्त्रालय तथा निकायले स्वीकृत कार्यक्रम र बजेटलाई लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम (एलएमबिआईएस) मा समयमै अद्यावधिक गर्नुपर्नेछ। साथै, खरिद योजना र वार्षिक कार्ययोजना सुरुमै तयार गरी कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था गरिएको छ।

अर्थ मन्त्रालयले बजेट विनियोजनको उद्देश्यअनुसार मात्रै खर्च गर्न, अनावश्यक खर्च नियन्त्रण गर्न, सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन तथा विकास आयोजनाको भुक्तानी कार्यसम्पादनका आधारमा गर्न निर्देशन दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मार्गदर्शनमा राजस्व संकलन प्रभावकारी बनाउने, आन्तरिक नियन्त्रण प्रणाली मजबुत बनाउने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र आर्थिक अनुशासन कायम गर्न विशेष जोड दिइएको छ।

मन्त्रालयका अनुसार बजेट कार्यान्वयनमा हुने ढिलाइ, कमजोर खर्च क्षमता र लक्ष्यअनुसार उपलब्धि हासिल हुन नसक्ने समस्या सुधार गर्न मार्गदर्शन जारी गरिएको हो। साथै, आयोजना तथा कार्यक्रमको नियमित अनुगमन, प्रगति समीक्षा र प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रतिकृया