• ६ साउन २०८३, बुधबार
  • १२:०० बेलुका

गगन थापाको कटाक्ष:गाडीमा ब्रेक नहुनेले सरकार, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाइरहेका छन्

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार १०:३१

६ साउन २०८३ काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति कटाक्ष गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई संयम, सन्तुलन र दूरदृष्टिको आवश्यकता रहेको बताएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रीन रन’ कार्यक्रममा बोल्दै थापाले “गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने” भन्दै दुवै पक्षको शैलीमाथि व्यंग्य गरे।

उनले जननायक बीपी कोइरालाले देखाएको लोकतान्त्रिक मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसले सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी बीपीका विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए।

Kamana Sewa

थापाका अनुसार जलवायु परिवर्तनलाई नेपालको विकासको प्रमुख एजेन्डा बनाउने उद्देश्यले कांग्रेसले विज्ञहरूसँग छलफल सुरु गरेको छ र प्राप्त सुझावलाई नीति निर्माणमा समेटिनेछ। यसै अवसरमा उनले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरी प्रारम्भिक रूपमा १० लाख रुपैयाँ जम्मा गरेको जानकारी दिए। उक्त कोषबाट विस्थापित सुकुम्बासी परिवार, विशेषगरी एकल महिला तथा शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकालाई सहयोग गरिने उनले बताए।

Classic Tech Desktop

थापाले ‘ग्रीन रन’ केवल जनचेतनामूलक कार्यक्रम नभई नयाँ सामाजिक अभियानको सुरुआत भएको उल्लेख गर्दै कांग्रेसले बिहीबार देशव्यापी नयाँ अभियान सार्वजनिक गर्ने जानकारी पनि दिए।

प्रतिकृया