• ४ असोज २०८३, आइतबार
  • ५ः४६ बिहान

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ११:५७

६ साउन २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज १ खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ।

National Life

राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। यसको साँवा तथा ब्याज रकम आगामी २०८३ असोज २७ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ। राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।

केन्द्रीय बैंकले सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै बोल स्वीकृत गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा रकम बाँडफाँट गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणमा राखिएको रकम लगानी पोर्टफोलियोका रूपमा गणना हुनेछ। तर उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन भने वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

प्रतिकृया