भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
प्रकाशित मिति
२०८३ आश्विन २ गते, शुक्रबार ०४:२८
२ असोज २०८३ काठमाडौं — सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता तथा अनुभव हासिल गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो।
सिफारिसअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजङ्ग थापाको नाम तय गरिएको छ।
यस्तै, बेलायतका लागि गौरवशम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।
सिफारिस गरिएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।






प्रतिकृया