• १० साउन २०८३, आइतबार
  • ३:२० बेलुका

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकम सहित पक्राउ

प्रकाशित मिति

२०८० असार २६ गते, मंगलवार ०४:४९

२६ असार २०८०, काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डाैकाे सिद्धिगणेश माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ परेकाे छ ।


आयाेगकाे टाेलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेकाे सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई १६ हजार रुपैयाँ घुस लिँदै गर्दा आज मङ्गलवार पक्राउ गरेको हो ।

Kamana Sewa

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कमा रहेकाे गोरखकाली मल्टिशपबाट पक्राउ गरिएको हाे । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया