• १ असोज २०८३, बिहीबार
  • ९ः०८ राती

प्रचण्डको दाबी: राष्ट्रिय स्वाधीनतामाथि सङ्कट, कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्न आह्वान

प्रकाशित मिति

२०८३ श्रावण ९ गते, शनिबार ११:५४

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट उत्पन्न भएको बताएका छन्।

National Life

शनिबार नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनले ठूलो धक्का व्यहोरेको उल्लेख गर्दै पुनः एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।

उनले देशको स्वाधीनतामाथि देखिएको सङ्कट समाधान गर्न, कम्युनिस्ट आन्दोलनमा आएको असाधारण चुनौतीको सामना गर्न तथा आन्दोलनलाई पुनर्जीवित गरी देशको नेतृत्व गर्ने सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

दाहालले मुलुकमा निरङ्कुश प्रवृत्ति देखापरेको दाबी गर्दै त्यसका विरुद्ध फेरि एकपटक सङ्घर्ष गर्नुपर्ने अवस्था आएको समेत जिकिर गरे।

प्रतिकृया