• ८ भदौ २०८३, मंगलबार
  • ८:४० बिहान

आजबाट बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रीय समितिको बैठक

प्रकाशित मिति

२०८० जेष्ठ २५ गते, बिहीबार ०८:२६

२५ जेठ २०८०, काठमाडौँ : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो ।


आज र भोलि २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

Kamana Sewa

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ । बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेस गर्नेछन् । बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ ।

Classic Tech Desktop

प्रतिकृया