नेप्से दोहोरो अंकले बढ्यो
प्रकाशित मिति
२०७९ चैत्र १४ गते, मंगलवार ०३:४१

चैत १४, २०७९, काठमाडौँ : आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.१० अंकले बढेर १ हजार ९ सय १८.१० विन्दु कायम भएको हो । हिजो सोमबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । हिजो नेप्से १७.७० अंकले बढेर १९६.०० विन्दु कायम भएको थियो।
आज नेप्सेमा १ अर्ब ४४ कारेड ३७ लाख १३ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज आइएमइ जेनरल इन्स्योरेन्स कारोबार अब्बल रह्यो ।
सर्वाधिक आइएमई जनरल इन्स्योरेन्सको ६ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ०.७७ प्रतिशतले बढेसँगै लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् । साथै, आइजिआई र प्रुडेन्सियल इन्स्योरेन्सले चाँडै एकीकृत कारोबार सुरु गर्न लागेसँगै शेयर कारोबार रोक्का हुनु अगावै लगानीकर्ताहरुले सेयर बिक्री गरेका हुन् ।
साथै हिमालयन डिष्टिलरीको ५ करोड ९७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ९२ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३६ लाख र अपि पावर कम्पनीको ३ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सेयर बजार बढेतापनि केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज तेह्रथुम पावर कम्पनी, मितेरी विकास बैंक, बेस्ट फाइनान्स, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।
प्रतिकृया